News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ र ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको जित निश्चित भएको छ।
- क्षेत्र नम्बर ४ मा रास्वपा सन्तोष राजवंशीले २१,११४ मत प्राप्त गरी विजयी भएका छन् भने क्षेत्र नम्बर ६ मा रुविना आचार्यले ३०,५१८ मत पाएकी छन्।
- अन्य क्षेत्रहरुमा पनि रास्वपाका उम्मेदवारले अग्रता लिएका छन् र मतगणना अन्तिम चरणमा पुगेको छ।
२२ फागुन, विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ र ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको जित निश्चित भएको छ ।
क्षेत्र नम्बर ४ को मतगणना अन्तिम चरणमा पुग्दा रास्वपा सन्तोष राजवंशीको जित निश्चित भएको हो । ६ वटा क्षेत्र रहेको मोरङका अन्य क्षेत्रमा पनि रास्वपा उम्मेदवारले अग्रता लिएका छन् ।
क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार यज्ञमणी न्यौपाने दोस्रो स्थानमा रहेकी श्रम संस्कृति पार्टी उम्मेदवार शान्ति पाख्रिन भन्दा करिब ३ हजार मतले अघि छन् । उनले १०,२५६ मत प्राप्त गरेका छन् । पाख्रिनले ७,५१५ मतसहित पछ्याइरहेकी छन् ।
क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार कृष्णकुमार कार्की ११,४२४ मतसहित अगाडि छन् । दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार दिलिप बगडियाले ४,४५७ मत पाएका छन् । क्षेत्र नम्बर ३ मा रास्वपाका गणेश कार्कीले ४,४६५ मत पाएका छन् । दोस्रो स्थानमा रहेका श्रम संस्कृति पार्टी उम्मेदवार अमिर मगरले ३,७६८ मत पाएका छन् ।
क्षेत्र नम्बर ४ को मतगणनास्थल विराटनगरको जनता नमुना माध्यमिक विद्यालय परिसर बाहिर रास्वपा कार्यकर्ताले विजयी उत्सव मनाइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले २१,११४ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेकपा उम्मेदवार अमनलाल मोदीले ९,४९९ मत प्राप्त गरेका छन् ।
यो क्षेत्रमा उम्मेदवार बनेका नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेले ७,८०३ मत पाएका छन् । नेकपा एमाले उम्मेदवार जीवन घिमीरेले ४,५२० मत प्राप्त गरेका छन् ।
क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार आशा झा १०,१०८ मत सहित अगाडि छिन् । दोस्रो स्थानका राजकुमार यादवले ३,६८६ मतसहित पछ्याइरहेका छन् ।
क्षेत्र नम्बर ६ मा पनि रास्वपा उम्मेदवार रुविना आचार्यको जित निश्चित भएको छ । उनी दोस्रो स्थानमा रहेका नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइराला भन्दा २३ हजार मतले अगाडि छिन् ।
आचार्यले ३०,५१८ मत प्राप्त गरेकी छन् । कोइरालाले ७,७८८ मतसहित पछ्याइरहेका छन् । यो क्षेत्रमा नेकपा एमाले उम्मेदवार विनोदप्रसाद ढकालले ५,२५४ मत प्राप्त गरेका छन् । ९१ हजार २९२ मत खसेको यो क्षेत्रको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।
प्रतिक्रिया 4