News Summary
Generated by OK AI. Editorially reviewed.- रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलले २९ हजार ३९४ मतसहित २३ हजारभन्दा बढी मतान्तरले अग्रता कायम गरेका छन्।
- नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ६ हजार २७१ र नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ४ हजार २१८ मत प्राप्त गरेका छन्।
- यो निर्वाचन क्षेत्रमा २०६४ देखि लगातार जित्दै आएका एमाले उपाध्यक्ष पौडेल ठूलो मतान्तरले पछाडि परेका छन् र मतगणना जारी छ।
२२ फागुन,बुटवल । रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलले २३ हजारभन्दा बढी मतान्तरले अग्रता कायम गरेका छन् ।
जारी मतगणनामा खरेलले २९ हजार ३९४ मतसहित फराकिलो अग्रता कायम राखेका छन् ।
नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ६ हजार २७१ र नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ४ हजार २१८ मत ल्याएका छन् ।
त्यस्तै नेकपाका विश्वदीप पाण्डेले ७२६ मत ल्याएका छन् । यो निर्वाचन क्षेत्रमा २०६४ देखि लगातार जित्दै आएका एमाले उपाध्यक्ष पौडेल धेरै पछि परेका छन् । मतगणना शुरु भएदेखि नै पौडेल ठूलो मतान्तरले निरन्तर पछाडि परेका छन् । यहाँ १ लाख ३५ हजार ५० मतदाता रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4