+
+
Shares

सप्तरीमा एमालेको झण्डामा आगजनी गर्ने निर्वाचन प्रहरी पक्राउ

लोकेन्द्र यादव लोकेन्द्र यादव
२०८२ फागुन ९ गते १२:३६

९ फागुन, सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर-२ अन्तर्गत रहेका महदेवा गाउँपालिका-५ भगवतपुर चोकमा नेकपा एमालेको चुनावी प्रचारप्रसारका लागि डोरीमा बाँधेर झुण्ड्याइएको झण्डा निकालेर आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महादेव गाउँपालिका वडानम्बर-५ कै २५ वर्षीय  हरिनारायण मण्डल रहेका छन् । मण्डल निर्वाचन प्रहरीमा कार्यरत भएको स्रोतले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी सप्तरीका प्रहरी नायव उपरीक्षक  तथा सूचना अधिकारी (डिएसपी) डम्बरबहादुर पुरीले भने घटनाबारे थप अनुसन्धान गरिरहेको बताए ।

प्रहरीले पत्रकार सम्मेलन गरेर थप जानकारी दिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?