२१ माघ, काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच नयाँ सहमति भएको छ ।
नयाँ सहमतिपत्रमा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गरेका छन्।
२०८२ माघ १८ गते भएको सहमतिलाई आंशिक संशोधन गर्दै दुवै दलले तीनबुँदे नयाँ सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
सहमति अनुसार पश्चिम रुकुममा एमालेका उम्मेदवार जनार्दन शर्माको पक्षमा प्रगतिशील लोकतान्त्रिक पार्टीले समर्थन जनाउने भएको छ । यसअघि रुकुमपूर्वका प्रलोपाका उम्मेदवार सन्दीप पुनलाई पनि समर्थन गर्ने सहमति भएको थियो । तर, पछिल्लो सहमतिमा उनको नाम छैन ।
त्यसैगरी, कर्णाली प्रदेशका हुम्ला, जुम्ला र मुगु जिल्लासहित पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा एमालेका उम्मेदवारको पक्षमा सूर्य चिन्हमार्फत मतदान गर्ने सहमति कायम गरिएको छ।
सहमति कार्यान्वयनका लागि दुवै दलले आफ्ना आन्तरिक पंक्तिलाई पुनः निर्देशन दिने निर्णयसमेत गरेका छन्।

प्रतिक्रिया 4