११ माघ, जनकपुरधाम । मधेश प्रदेशमा रिक्त चार राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका दुईसहित चारजना निर्वाचित भएका छन् । अन्य, महिला, अल्पसंख्यक र दलित कलस्टरबाट चारजना निर्वाचित भएका हुन् ।
महिला क्लस्टरबाट नेकपा (एमाले) की उम्मेदवार रेखा झा विजयी भएकी छन् । झा ७ हजार २२२ मतभारसहित निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की शमीकुमारी अग्रवालले १ हजार ९४४ मतभार प्राप्त गरेकी छिन् ।
जनता समाजवादी पार्टीकी उम्मेदवार चन्द्रकला देवी साहले ३२२ मतमा सीमित भइन् ।
अपाङ्गता तथा अल्पसंख्यक कलस्टरबाट रञ्जित कर्ण निर्वाचित भएका छन् । ८ हजार ९३ मतभारसहित उनी निर्वाचित भएका हुन् ।
नेकपाका उम्मेदवार रामानन्द प्रसादले १ हजार ३६१ मतभारमा सीमित भए भने जसपाका उम्मेदवार शैलेशकुमार चौधरीले २०९ मतभार पाएका छन् ।
दलित कलस्टरबाट कांग्रेसका धर्मेन्द्र पासवान निर्वाचित भएका छन् । ७ हजार ९०४ मतभारसहित उनी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपाका शम्भु पासवानले १ हजार ३७६ र जसपाकी चमेली देवी दासले २०९ मत भार पाएकी छन् ।
अन्य तर्फ जसपामा समाहित भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मधेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । उनी अन्य कलस्टर तर्फ ७ हजार ७२५ मत ल्याएर राष्ट्रिय सभामा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपाका उम्मेदवार लक्ष्मण पौडेल १ हजार ८०५ मतभार पाएका छन् ।
मधेशमा चार सिटका लागि एमाले, कांग्रेस र जसपा नेपालले गठबन्धन गरेको थियो । त्यसमा जनमतले समेत सघाएको छ । जसपाले आफ्ना अन्य तीन उम्मेदवार उठाएको थियो । यद्यपि निष्किय बनाउने भने पनि जसपाले उठाएका उम्मेदवारहरूलाई पनि केही मत गएको छ ।नेकपा एकलै चुनाव लडेको थियो ।
प्रतिक्रिया 4