+
+
Shares

नेकपा एमाले पहिलो पार्टी बन्छ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले २१ फागुनको निर्वाचनपछि नेकपा एमाले पहिलो पार्टी बन्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते १३:३०

१६ माघ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले २१ फागुनको निर्वाचनपछि नेकपा एमाले पहिलो पार्टी बन्ने बताएका छन् ।

प्रेस चौतारी नेपालले शुक्रबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले आगामी निर्वाचनमा नेकपा एमालेको लोकप्रिय मत पहिलोको तुलनामा बढ्ने दावी गरे ।

प्रत्यक्षतर्फको मत धेरै पार्टीमा विभाजित भए पनि एमालेले बहुमत ल्याउन सक्ने उनको विश्वास छ ।

‘अघिल्लो निर्वाचनमा नेकपा एमालेले २७, २८ प्रतिशत लोकप्रिय मत ल्याएको थियो । यसपटक त्यो बढेर ३० देखि ३४ प्रतिशतसम्म पुग्ने हाम्रो विश्लेषण छ,’ उनले भने, ‘बाँकी जनमत धेरै ठाउँमा विभाजित भयो भने हामी बहुमत ल्याउँछौं । थोरैमा बाँडियो भने हामी पहिलो पार्टी बन्नेछौं ।’

सामाजिक सञ्जालमा देखाइएको भीड र मतदानमा खस्ने मत फरक कुरा भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?