+
+
Shares

एमालेले भन्यो : प्रधानमन्त्री सदनमा नआए सदनको कारबाही अघि नबढाइयोस्

नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री उपस्थित भएर जवाफ नदिएसम्म कामकारबाही अघि नबढाउन आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री उपस्थित भएर जवाफ नदिएसम्म कामकारबाही अघि नबढाउन आग्रह गरेको छ।
  • एमाले सांसद ऐन महरले प्रधानमन्त्री र मन्त्रीहरू संघीय संसदप्रति उत्तरदायी हुने भनिए पनि प्रधानमन्त्री यसरी पन्छिने काम शोभनीय नभएको बताएका छन्।
  • सभामुख डीपी अर्यालले विषयकेन्द्रित हुन ध्यानाकर्षण गराएपछि महरले प्रधानमन्त्रीको अनुपस्थितिमा अर्को मन्त्रीले विषयबस्तु राख्ने नियमावलीमा स्पष्ट नलेखिएको प्रश्न उठाएका छन्।

३० वैशाख, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री उपस्थित भएर जवाफ नदिएसम्म कामकारबाही अघि नबढाउन आग्रह गरेको छ ।

बुधबारको बैठकमा प्रधानमन्त्री जवाफ दिन उपस्थित नभएपछि एमालेका सांसद ऐन महरले प्रधानमन्त्री र मन्त्रीहरू संघीय संसद्प्रति उत्तरदायी हुने भनिए प्रधानमन्त्री यसरी पन्छिने काम शोभनीय नभएको बताएका हुन् ।

‘संसद्लाई सर्वोपरी देशको हितमा अगाडि बढाउनुपर्दछ । प्रधानमन्त्रीबाट पटकपटक संसद्को हुर्मत लिने काम भएको छ,’ उनले भने । उनले यसो भनेपछि सभामुख डीपी अर्यालले विषयकेन्द्रित हुन ध्यानाकर्षण गराए ।

त्यसपछि महरले भने, ‘प्रधानमन्त्रीको बारेमा प्रश्न उठेको छ यहाँ जवाफ आएको छैन । कार्यसूचीमा स्पष्ट छ प्रधानमन्त्रीले जवाफ दिने । बिना जानकारी अर्को मन्त्रीबाट प्रस्तुत गर्ने काम भयो । यो नियमावलीको बर्खिलाप भयो ।’

उनले कार्यसूचीमै प्रधानमन्त्रीको अनुपस्थितिमा अर्को मन्त्रीले विषयबस्तु राख्ने भनेर किन नलेखेको भनेर सभामुखलाई प्रश्न गरे । उनले प्रधानमन्त्री प्रश्नबाट भागिरहेको पनि बताए ।

‘प्रधानमन्त्रीले केही गर्नुपर्ने कार्यसूची आउँछ अनि त्यहाँबाट भाग्ने ? यो कुरा सैह्य हुँदैन । अन्यथा सदनको कारबाही अगाडि बढानुहुँदैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?