News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार वसन्त बुढाथोकीले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै नेकपा एमाले प्रवेश गरेका छन्।
- बुढाथोकीले एमाले उम्मेदवार विनोद ढकाललाई समर्थन गर्ने घोषणा गर्दै मोरङको बुढीगंगास्थित गोकुवामा एमाले प्रवेश गरेको बताउनुभयो।
- उनलाई एमाले उम्मेदवार विनोद ढकाल, नेता लालबाबु पण्डित र पर्शुराम बस्नेतले पार्टीमा स्वागत गरेका थिए।
१७ फागुन, विराटनगर। मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार नै नेकपा एमाले प्रवेश गरेका छन् ।
उज्यालो नेपाल पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका वसन्त बुढाथोकी आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै नेकपा एमाले प्रवेश गरेका हुन् । उनले एमाले उम्मेदवार विनोद ढकाललाई समर्थन गर्ने घोषणा पनि गरेका छन् ।
आइतबार मोरङको बुढीगंगास्थित गोकुवामा आयोजित कार्यक्रमका बीच बुढाथोकीले एमाले प्रवेश गरेको घोषणा गरे ।
उनलाई एमाले उम्मेदवार विनोद ढकाल, नेता लालबाबु पण्डित र पर्शुराम बस्नेतले पार्टीमा स्वागत गरेका थिए । २५ वर्षीय बुढाथोकी क्षेत्र नम्बर ६ को कान्छा उम्मेदवार हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4