+
+
Shares

रास्वपा र उज्यालो नेपालबीच एकताको सहमति भाँडियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीच एकता गर्ने सहमति भाँडिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २६ गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता सहमति भाँडिएको छ।
  • कुलमान पक्षले वरिष्ठ उपसभापति र पार्टीको नाम परिवर्तन प्रस्ताव गरेपछि एकता टरेको छ।
  • काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसहितका छलफलहरूमा सहमति जुट्न नसकेको छ।

२६ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीच एकता गर्ने सहमति भाँडिएको छ । शनिबारसम्म भएको दुई पक्षीय छलफलको प्रयास असफल भएपछि एकता टरेको संवाद समितिमा रहेका एक शीर्ष नेताले अनलाइनखबरलाई जानकारी दिए ।

कुलमान पक्षले रास्वपामा वरिष्ठ उपसभापतिसँगै पार्टीको नाम परिवर्तनको प्रस्ताव गरेपछि एकता भंग भएको रास्वपा स्रोतको दाबी छ ।

‘वरिष्ठ उपसभापति माग भयो। पूर्वसहमतिबाट पछि हटेर पार्टीको नाम पनि परीवर्तनको प्रस्ताव आयो । महामन्त्री पनि हुनुपर्‍यो भन्ने प्रस्ताव आयो । यसमा सहमति नभएपछि एकता भंग भयो,’ ती नेताले भने ।

तीन नेताका अनुसार, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसहित भएका पछिल्ला छलफलहरूमा सहमति जुट्न नसकेको हो ।

मन्त्री पदबाट राजीनामा दिएका कुलमान यसबीच पटकपटक रास्वपा सभापति रवि लामिछानेसहितको छलफलमा थिए । राजीनामा दिने क्रममा पनि उनले आफू कुनै पनि पार्टीको सदस्य नभएको, रास्वपासँग समझदारी भए पनि कार्यान्वयन चरणमा नपुगेको बताएका थिए ।

यसअघि रवि र बालेनबीच सहमति हुँदा पनि कुलमानलाई समेटेर अघि बढ्नेगरी छलफल भएका थिए । यद्यपि कुरा नमिलेपछि समानुपातिकतर्फको बन्दसूची पेश गर्ने अन्तिम समयमा कुलमानसँग सहमति भएको थियो ।

जतिबेला घिसिङलाई रास्वपा उपसभापति बनाउने सहमति समेत भएको थियो । जेनजी अभियन्ता सुदन गुरुङले अन्तिम समयमा कुलमान, रास्वपा र बालेनबीचको सहकार्यमा भूमिका आफूले खेलेकाे दाबी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?