२२ फागुन, काठमाडौं । प्युठान क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।
बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । जारी मतगणनाको पछिल्लो विवरण अनुसार, नेपाली कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेलले १९८४ मतसहित अग्रता लिएका हुन् ।
दोस्रोमा भने रास्वपाका उम्मेदवार सुशान्त वैदिक छन् । उनले १४०५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसी ४३९ मतसहित तेस्रो र नेकपा एमालेका सूर्यबहादुर थापा क्षेत्री ३६४ मतसहित चौथो स्थानमा छन् ।
नेकपाका उम्मेदवार कृष्णधोज खड्काले एमाले उम्मेदवार थापाभन्दा १ मतमात्रै कम पाएका छन् । उनले ३६३ मत ल्याएका हुन् ।
मतगणना जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4