News Summary
Generated by OK AI. Editorially reviewed.- बागलुङ क्षेत्र नम्बर २ को मतगणना जारी छ र सुरुवाती मतगणनामा रास्वपाका शोम शर्माले ४१६ मतसहित अग्रता लिएका छन्।
- नेपाली कांग्रेसका टेकराज पौडेलले २७७ मत, नेकपाबाट ज्ञामनाथ गैरे अनिलले १३६ मत र नेकपा एमालेकी मञ्जु शर्माले ४९ मत पाएका छन्।
- ४९ मतदान स्थलको छुट्टाछुटै मतपरिणाम आउँदैछ र दुई ठाउँमा मतगणना भइरहेको सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिनुभएको छ।
२२ फागुन, बागलुङ । बागलुङ क्षेत्र नम्बर २ मतगणना जारी छ । सुरुवाती मतगणनामा रास्वपाका शोम शर्माले अग्रता लिएका छन् । शर्माले ४१६ मत ल्याएका छन् भने कांग्रेसका टेकराज पौडेलले २७७ मत, नेकपाबाट ज्ञामनाथ गैरे अनिलले १३६ मत र नेकपा एमालेकी मञ्जु शर्माले ४९ मत ल्याएका छन् ।
४९ मतदान स्थलको छुट्टाछुट्टै मतपरिणम आउनेगरी गणना भइरहेको र दुई ठाउँमा मतगणना भइरहेको सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए ।
बागलुङको ढोरपाटन नगरपालिका–२ बुर्तिबाङको कुथाप्लोमा मतगणना भइरहेको छ ।
दुई नम्बर क्षेत्रमा नेपाली कांग्रेसका टेकराज पौडेल, नेकपाबाट ज्ञामनाथ गैरे अनिल, नेकपा एमालेकी मञ्जु शर्मा, रास्वपाका सोम शर्मा, राप्रपाका अञ्चल शाही उम्मेदवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4