News Summary
Generated by OK AI. Editorially reviewed.- लमजुङको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका गमप्रसाद गुरुङले नेकपा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङलाई ५९ मतले पछि पारेका छन्।
- गमप्रसादले १ सय ७७ मत पाएका छन् भने पृथ्वीसुब्बाले १ सय १८ मत प्राप्त गरेका छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म केसीले १ सय १० र नेकपाका हरिजंग तामाङले ३४ मत पाएका छन्।
२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत लमजुङको सुरुवाती मतगणनामा नेकपा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पछि परेका छन् ।
उनलाई नेपाली कांग्रेसबाट उम्मेदवार गमप्रसाद गुरुङले ५९ मतले पछि पारेका हुन् । गमप्रसादले १ सय ७७ र पृथ्वीसुब्बाले १ सय १८ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका धर्म केसीले १ सय १० र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका हरिजंग तामाङले ३४ मत पाएका छन् ।
१ लाख ३७ हजार मतदाता रहेको उक्त क्षेत्रमा ७५ हजार २५ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4