News Summary
Generated by OK AI. Editorially reviewed.- तेह्रथुमको पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका सन्तोष सुव्वाले ९१ मतान्तरसहित अग्रता लिएका छन्।
- नेकपा एमालेका भानुभक्त ढकालले २ हजार ९ सय ९३ मत प्राप्त गरेका छन् र पछिल्लो मतपरिणाममा पछि परेका छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले २ हजार ५ सय ४९ मत प्राप्त गरेका छन्।
२२ फागुन, तेह्रथुम । तेह्रथुमको पछिल्लो मतगणना परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले ९१ मतान्तरसहित अग्रता लिएका छन् । उनले ३ हजार ८४ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले २ हजार ९ सय ९३ मत प्राप्त गरेका छन् । यसअघि ढकालले अग्रता लिएका थिए । तर पछिल्लो मतपरिणामअनुसार उनी पछि परेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्कीले २ हजार ५ सय ४९ मत प्राप्त गरेका छन् । त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार सुविन्द्र कुमार लिम्बूले १ हजार ४ सय ४१ र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रनध्वज लिम्बूले २ सय ४७ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4