News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन २ मा रास्वपाका सभापति रवि लामिछानेले दिउँसो ४ बजेसम्म १७ हजार ४१२ मत प्राप्त गरेका छन्।
- नेकपा एमालेका अस्मिन घिमिरेले ५०३७ र कांग्रेसकी मीना कुमारी खरेलले ५०१३ मत पाएका छन्।
- नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले २४८६ मत ल्याएर तेस्रो स्थानमा रहेका छन्।
२२ फागुन, काठमाडौं । चितवन २ मा रास्वपाका सभापति रवि लामिछानेले १२ हजार बढीले मतान्तर बनाएका छन् । दिउँसो ४ बजेसम्मको मत परिणामअनुसार उनले अहिलेसम्म १७ हजार ४१२ मत ल्याएका छन् । उनी पछि दोस्रो स्थानका लागि नेकपा एमाले र कांग्रेसबिच कडा प्रतिस्पर्धा देखिएको छ ।
एमालेका उम्मेदवार अस्मिन घिमिरे र कांग्रेसकी मीना कुमारी खरेलले क्रमश: ५०३७ र ५०१३ मत ल्याएर पछ्याइरहेका छन् । उनीहरूलाई नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले २ हजार ४८६ ल्याएर पछ्याइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4