+
+
Shares

मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङमा रास्वपा उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि दुर्गा रेग्मीको मतगणना स्थल नजिकै खाना खाने क्रममा मृत्यु भएको छ।
  • एसपी कवित कटुवालले रेग्मी ११:४५ बजे बेहोस भएर रंगेली अस्पताल लगिएको र चिकित्सकले मृत घोषणा गरेको बताए।
  • रेग्मी रंगेली–९ का ५० वर्षीय नागरिक थिए र मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधि थिए।

२२ फागुन, काठमाडौं । मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली–९ बस्ने ५० वर्षीय दुर्गा रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले बताए ।

उनका अनुसार मतगणना स्थल नजिकै खाना खाने क्रममा उनी  ११ : ४५ बजे एक्कासी बेहोस भएर ढलेका थिए । उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । अस्ताललका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

उनी मोरङ क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?