प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- उदयपुरको चौदण्डीगढी नगरपालिका-२ डाँडागाउँमा मादक पदार्थ सेवन गरेका ५८ वर्षीय गन्दुराम राईले धारिलो हतियार प्रहार गरी श्रीमती ४५ वर्षीया बिमला राईको हत्या गरेका छन् ।
- घरायसी विवादपछि गन्दुरामले गएराति साढे १२ बजे अस्थायी प्रहरी पोस्ट माडीबास पुगेर घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।
- प्रहरीले बिमलालाई नगर अस्पताल बेल्टार पुर्याए पनि उपचारका क्रममा आज बिहान सवा १ बजे मृत्यु भएको जनाएको छ ।
४ असोज, काठमाडौं । उदयपुरमा मादक पदार्थ सेवन गरेका एक व्यक्तिले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
उदयपुरको चौदण्डीगढी नगरपालिका-२ डाँडागाउँ बस्ने ५८ वर्षीय गन्दुराम राईले घरायसी विवादका क्रममा आफ्नै श्रीमती ४५ वर्षीया बिमला राईको हत्या गरेको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरेका गन्दुरामले घरायसी विवादका क्रममा बिमलामाथि धारिलो हतियार प्रहार गरेपछि गएराति करिब साढे १२ बजे आफैं अस्थायी प्रहरी पोस्ट माडीबास पुगेर घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।
घटनाबारे जानकारी पाए लगत्तै प्रहरीको टोलीले विमलालाई उद्धार गरी उपचारका लागि नगर अस्पताल बेल्टार पुर्याइएको थियो । बिमलाको उपचारको क्रममा आज बिहान सवा १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
गन्दुरामलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4