News Summary
Generated by OK AI. Editorially reviewed.- तेह्रथुमको छथर गाउँपालिकाले दशैंलाई लक्षित गरी ८६ विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ।
- गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले कार्यविधिले तोकेको मापदण्ड र वडाको सिफारिसका आधारमा परिवार छनोट गरी सहयोग गरिएको बताए।
- खाद्यान्न पाएपछि छथर गाउँपालिका–२ का धनबहादुर लिम्बु र भीमबहादुर लिम्बुले राहत महसुस भएको बताए।
३१ असोज, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले दशैंलाई लक्षित गरी ८६ विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । आर्थिक अभावका कारण चाडपर्वमा दैनिक उपभोग्य सामग्री जुटाउन कठिन हुने परिवारलाई राहत पुर्याउने उद्देश्यले गाउँपालिकाले खाद्यान्न उपलब्ध गराएको हो ।
गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाका अनुसार गाउँपालिकाको स्वीकृत कार्यक्रमअन्तर्गत कार्यविधिले तोकेको मापदण्ड पूरा गरेका परिवारलाई सम्बन्धित वडाको सिफारिसका आधारमा छनोट गरी खाद्यान्न वितरण गरिएको हो ।
चाडपर्वका बेला आर्थिक रूपमा कमजोर परिवारलाई खाद्यान्नको जोहो गर्न सहज बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष तिगेलाले बताए ।
खाद्यान्न सहयोग पाएपछि स्थानीय विपन्न परिवारले राहत महसुस गरेका छन् । छथर गाउँपालिका–२ का धनबहादुर लिम्बुले दशैंका लागि आवश्यक सामग्री जुटाउन आर्थिक समस्या भइरहेका बेला गाउँपालिकाबाट प्राप्त खाद्यान्नले परिवारलाई राहत मिलेको बताए ।
सोही वडाका भीमबहादुर लिम्बुले पनि आर्थिक अभावका कारण दशैंको तयारी गर्न कठिन भइरहेको अवस्थामा खाद्यान्न सहयोगले सहज भएको बताए ।
छथर गाउँपालिकाले यसअघि पनि गाउँपालिकाभित्रका विपन्न परिवारलाई सहयोग गर्दै आएको जनाएको छ ।
प्रतिक्रिया 4