+
+
Shares

बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जीवन विकास लघुवित्तले भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनस्थापनाका लागि २५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ।
  • संस्थाका कर्मचारीले एक दिनको पारिश्रमिक र संस्थागत सामाजिक उत्तरदायित्वमार्फत बुधबार उक्त रकम कोषमा जम्मा गरेका हुन्।
  • प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले सानो सहयोगले विस्थापित दाजुभाइ र दिदीबहिनीको दैनिक जीवनयापनमा राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

१८ भदौ, विराटनगर । भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनस्थापनाका लागि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ ।

जीवन विकासमा कार्यरत कर्मचारीहरूले एक दिनको पारिश्रमिक र संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत २५ लाख ५ हजार रुपैयाँ बुधबार कोषमा जम्मा गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए ।

‘विपद्को कठिन घडीमा समुदायको सुख–दु:खको साथीको रूपमा रहँदै आएको जीवन विकासले आफ्नो सामाजिक उत्तरदायित्व सम्झिएर सहयोग गरेको हो,’ मण्डलले भने, ‘हाम्रो सानो सहयोगले बाढीबाट विस्थापित र प्रभावित हुनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूको दैनिक जीवनयापनमा केही राहत पुग्ने विश्वास लिएका छौं ।’

संस्थाले भदौ १० गते आएको भीषण बाढीले पुर्‍याएको ठूलो परिमाणको जनधनको क्षतिप्रति संस्थाले गहिरो दु:ख व्यक्त गरेको छ ।

मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकासले कोशी मधेश र बागमती प्रदेशका ३१ जिल्लामा घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?