+
+
Shares

इटहरीमा निकालियो सद्‍भाव र्‍याली

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते ११:२४

१३ साउन, विराटनगर । सुनसरीको इटहरीमा सद्‍भाव र्‍याली निकालिएको छ ।

देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा दुई समूहबीच भएको विवादले उग्र रूप लिएपछि तनावलाई साम्य पार्दै सामाजिक एकता कायम गर्न बुधबार बिहान इटहरीमा ‘सामाजिक सद्भाव र्‍याली’ निकालिएको हो ।

नागरिक समाज इटहरीको अगुवाइमा निकालिएको र्‍यालीले इटहरी बजारको परिक्रमा गरेको थियो ।

र्‍यालीमा सहभागीहरूले दुवै समुदायलाई संयमता अपनाउन, अफवाहको पछि नलाग्न र सामाजिक एकता कायम गर्न आग्रा गरेका छन् ।

मंगलबार दुहबीमा पनि सद्भाव ‍र्‍याली निकालिएकाे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?