+
+
Shares

मेची कोरिडोरमा पर्ने सुखानी पुलको ठेक्का तोडियो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते ९:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सडक डिभिजन कार्यालय इलामले मेची कोरिडोरमा पर्ने सुखानी पक्की पुलको ठेक्का तोडेको छ।
  • कार्यालयका अनुसार स्काई–अजम्बर–शिवराम जे.भी., काठमाडौंसँग करिब १४ वर्ष ४ महिना अघि सम्झौता भएको थियो।
  • १ करोड ६२ लाख रुपैयाँको पुल निर्माण जिम्मा लिएको कम्पनीले २०७२ सालदेखि काम नगरी कार्यस्थल छोडेको थियो।
  • दायित्व पूरा नगरेकाले रुग्ण ठेक्का अन्त्य गरी कानून बमोजिमका कारबाही अगाडि बढाइएको कार्यालयले जनाएको छ।

१७ कात्तिक, काठमाडौं । पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक डिभिजन कार्यालय इलामले सुखानी पक्की पुलको ठेक्का तोडेको छ ।

कार्यालयले आज सार्वजनिक सूचना प्रकाशित गरी मेची कोरिडोर (मदन भण्डारी राजमार्ग) मा पर्ने सुखानी पुलको ठेक्का तोडिएको जानकारी दिएको हो ।

सडक डिभिजन कार्यालयका अनुसार सो पुल निर्माणका लागि करिव १४ वर्ष ४ महिना अघि स्काई–अजम्बर–शिवराम जे.भी., काठमाडौंसँग सम्झौता भएको थियो ।

कुल १ करोड ६२ लाख रुपैयाँ लागतमा पुल बनाउने जिम्मा लिएको ठेकेदार कम्पनीले २०७२ सालदेखि निर्माणको काम नगरी कार्यस्थल छोडेको थियो ।

दायित्व पुरा नगरेकाले रुग्ण ठेक्का अन्त्य गरिएको र कानून बमोजिमका कारवाही अगाडि बढाइएको डिभिजन कार्यालय इलामले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?