+
+
Shares

ट्याक्टरको ठक्करबाट मामाभान्जीको मृत्यु, आमा गम्भीर*

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १६:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाको कनकाई नगरपालिका–५ मा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा चालक र उनकी ५ वर्षीया छोरीको मृत्यु भएको छ ।
  • दुर्घटनामा गम्भीर घाइते भएकी चालककी ४५ वर्षीया आमाको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
  • प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरू गरेको छ ।

५ असार, विराटनगर । झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । त्यस्तै, दुर्घटनामा एक जना घाइते भएकी छन् ।

कनकाई नगरपालिका–५ स्थित तुलसीवारीमा शुक्रबार दिउँसो सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ४ प ५८५ नम्बरको मोटरसाइकललाई खेत जोतेर सडकमा निस्कँदै गरेको मे १ त ७४०४ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक झापा गाउँपालिका– ३ बस्ने २० वर्षीय समिर अली र मोटरसाइकलमा सवार उनकी भान्जी ५ वर्षीया छोरी हाजिरा खातुनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनालगत्तै उनीहरूलाई उपचारका लागि कन्काई अस्पताल सुरुङ्गा पुर्‍याइएको भए पनि चिकित्सकले जाँच गर्नासाथ मृत घोषणा गरेका थिए ।

सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार समिरकी दिदी ४५ वर्षीया नुरेश सादेवी गम्भीर छिन् ।

उनलाई कन्काई अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

*(यसअघि प्रहरीले समिर र हाजिराको सम्बन्ध बाबुछोरी भएको बताएको थियो । यद्यपी उनीहरू मामाभान्जी भएको खुलेपछि सच्याएका छौं–सम्पादक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?