+
फिफा विश्वकप २०२६ :

उन्डाभको दुई गोलमा पुनरागमन जित सहित जर्मनी नकआउट चरणमा

२०८३ असार  ७ गते ४:१५ २०८३ असार ७ गते ४:१५

डेनिस उन्डाभको दुई गोलमा जर्मनी लगातार दुई खेल जितेर फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डेनिस उन्डाभको दुई गोलको मद्दतमा जर्मनीले फिफा विश्वकप २०२६ मा आइभरी कोस्टमाथि २-१ को पुनरागमन जित दर्ता गरेको छ ।
  • यो जितसँगै जर्मनी समूह \'इ\' बाट ६ अंक जोड्दै एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेको छ ।
  • खेलको ३०औं मिनेटमा फ्रान्क कसीले आइभरी कोस्टलाई अग्रता दिलाए पनि दोस्रो हाफमा वैकल्पिक खेलाडी उन्डाभले दुई गोल फर्काए ।

७ असार, काठमाडौं । डेनिस उन्डाभले दोस्रो हाफमा मैदान प्रवेश गर्दै दुई गोल गरेपछि जर्मनी आइभरी कोस्ट विरुद्ध २-१ को पुनरागमन जित हात पार्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह इ अन्तर्गत आइतबार बिहान क्यानडाको टोरन्टोको भएको खेलमा उन्डाभले इन्जुरी टाइममा विजयी गोल गरेका थिए ।

लगातार दोस्रो जितपछि जर्मनी एक खेल अगावै नकआउट चरणमा पनि प्रवेश गरेको छ । जर्मनीले दुई खेलबाट ६ अंक जोडेर समहु इ को शीर्ष स्थानमा छ ।

पहिलो हार बेहोरेको आइभरी कोस्ट ३ अंकसहित दोस्रो स्थानमा छ ।

६०औं मिनेटमा जमाल मुसिएलाको स्थानमा मैदान प्रवेश गरेका उन्डाभले ६८औं मिनेटमा पहिलो गोल गर्दै खेल बराबरी गरेका थिए । उनले नादिएम अमिरीको असिस्टमा गोल गरेका थिए ।

बराबरीतर्फ अघि बढिरहेको खेलको इन्जुरी टाइमको चौथो मिनेटमा फेलिक्स एनमेचाको पासमा उन्डाभले गोल गर्दै जर्मनीलाई लगातार दोस्रो जित दिलाएका हुन् । जारी विश्वकपमा सुबर सबको भुमिकामा देखिएका उन्डाभको यो तेस्रो हो । पहिलो खेलमा कुरासाओलाई ७-१ ले पराजित गर्दा उनले एक गोल गरेका थिए ।

त्यसअघि कप्तान फ्रान्क कसीले ३०औं मिनेटमा गोल गर्दे आइभरी कोस्टलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । तर आइभरी कोस्टले उक्त अग्रता कायम राख्न सकेन ।

पहिलो हाफमै जर्मनीले दुई गोल गरेपनि त्यसले मान्यता पाउन नसक्दा अग्रता अग्रता लिने अवसर गुमाएको थियो । दोस्रो हाफमा पनि जर्मनीले गोलको केही अवसर गुमाएको थियो ।

५९ प्रतिशत बल पोसेसन राखेको जर्मनीले खेल अवधिभर कूल १६ सट टार्गेटमा प्रहार गर्दा ७ अन टार्गेटमा थियो भने आइभरी कोस्टले २ सट मात्र टार्गेटमा प्रहार गरेको थियो ।

जर्मनीले अब इक्वेडरसँग अन्तिम खेल खेल्ने बाँकी छ । आइभरी कोस्टले अब समुहकोअन्तिम खेलमा कुरासाओ विरुद्ध खेल्नेछ । पहिलो खेलमा पराजित भएका दुई टोद्यी इक्वेडर र कुरासाओ पहिलो जित हात पार्ने लक्ष्यसहित आइतबार बिहान खेल्दैछन् । यो खेल बिहान पौने ६ बजे सुरु हुनेछ ।

 

 

 

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय