+
फिफा विश्वकप २०२६ :

जर्मनी विरुद्ध आइभरी कोस्टलाई अग्रता

२०८३ असार  ७ गते २:२८ २०८३ असार ७ गते २:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत क्यानडाको टोरन्टोमा भइरहेको खेलमा आइभरी कोस्टले जर्मनी विरुद्ध अग्रता लिएको छ ।
  • खेलको ३०औं मिनेटमा आइभरी कोस्टका कप्तान फ्रांक केसीले गोल गरेका हुन् ।

७ असार, काठमाडौं ।  फिफा विश्वकप २०२६ अन्तर्गत अहिले भइरहेको समूह इ को खेलमा आइभरी कोस्टले जर्मनी विरुद्ध अग्रता लिएको छ ।

क्यानडाको टोरन्टो स्टेडियमा भइरहेको खेलमा आइभरी कोस्टका लागि कप्तान फ्रांक केसीले ३०औं मिनेटमा गोल गरे ।

जर्मनीले पहिलो हाफमा दुई गोल गरेपनि मान्यता पाएन ।

जर्मनी र आइभरी कवस्ट लगातार दोस्रो खेल जित्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा छन् ।

यसअघि जर्मनीले पहिलो खेलमा कुरासाओलाई ७-१ ले पराजित गरेको थियो भने आइभरी कोस्टले इक्वेडरलाई १-० ले हराएको थियो ।

 

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय