+
+
Shares

बाढीपीडित राहत कोष : रतुवामाईबाट ४० लाख, विराटनगर महानगरको साढे २५ लाख

रसुवा बाढीबाट प्रभावितका लागि आह्वान भएको प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा मोरङको रतुवामाई नगरपालिकाले ४० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते २१:१६

१२ भदौ, विराटनगर । रसुवा बाढीबाट प्रभावितका लागि आह्वान भएको प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा मोरङको रतुवामाई नगरपालिकाले ४० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

बिहीबार बसेको कार्यपालिका बैठकले कर्मचारी र जनप्रतिनिधिले प्राप्त गर्ने ७ दिनको सुविधा बराबरको रकम ४० लाख रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको  हो ।

कार्यपालिकाको निर्णयअनुसार जनप्रतिनिधि र अधिकृतस्तर तथा त्यसभन्दा माथिका कर्मचारीले सात दिनको तलब जम्मा गर्नेछन् ।

यस्तै, अधिकृतस्तर शिक्षक र सहायक स्तरका कर्मचारीले ५–५ दिनको तलब जम्मा गर्नेछन् ।

सहायकस्तरका शिक्षक र सो भन्दामुनिका कर्मचारीले भने ३–३ दिनको तलब जम्मा गर्ने निर्णय भएको नगरप्रमुख नागेन्द्रप्रसाद सिंह गनगाईले जानकारी दिए ।

उता, विराटनगर महानगरपालिकाले भने २५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । महानगरपालिकाले विपद् व्यवस्थापन कोषबाट ११ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

बाँकी रकम जनप्रतिनिधिको सेवा–सुविधा तथा कर्मचारीको मासिक पारिश्रमिकबाट जुटाइने महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?