News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेशको राजधानी विराटनगरमा संघीयता कार्यान्वयनका संवैधानिक र प्रशासनिक जटिलता समाधानका लागि अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरू भएको छ।
- प्रदेशको अधिकार सुनिश्चितताका लागि साझा धारणा बनाउने उद्देश्यले कोशी प्रदेश सरकारले सम्मेलन आयोजना गरेको हो।
- सम्मेलनमा मधेश, बागमती, कर्णाली, लुम्बिनी र गण्डकीका मुख्यमन्त्री सहभागी छन् भने सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट आएका छैनन्।
२७ असोज, विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ । संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलतालाई चिर्दै प्रदेशको अधिकार सुनिश्चितताका लागि साझा धारणा बनाउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो ।
कोशी प्रदेश सरकारले आयोजना गरेको सम्मेलनमा मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका मुख्यमन्त्री किरण थापा मगर,कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाही र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहभागी छन् । सुदूरपश्चिका मुख्यमन्त्री खगराज भट्ट भने आएका छैनन् ।
सम्मेलनमा प्रदेशहरुबाट मुख्यमन्त्री, प्रमुख सचिव, योजना आयोगका उपाध्यक्ष र मुख्यन्यायाधिवक्तासहितको टोली सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4