News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगर विमानस्थलबाट काठमाडौं पठाउन लागिएको पार्सलबाट प्रहरीले १८.४८ ग्राम ब्राउन सुगर बरामद गरेको छ।
- प्रहरीले विराटनगर-९ स्थित कुरियरमार्फत पठाइएको स्पोर्ट्स सुजको सोलबाट उक्त प्रतिबन्धित लागुऔषध फेला पारेको हो।
- घटनामा संलग्न रहेको आरोपमा २४ वर्षीय सुशान्त खड्कालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।
१४ साउन, विराटनगर । विराटनगर विमानस्थलबाट काठमाडौं पठाउन लागिएको एउटा पार्सलबाट प्रहरीले १८.४८ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बरामद गरेको छ ।
बुधबार साँझ विराटनगर महानगरपालिका–९, महेन्द्रचोकस्थित एक्सपो एक्सप्रेस कुरियरमार्फत पठाउन लागिएको स्पोर्ट्स सुजलाई एक्स–रे मेसिनबाट जाँच गर्ने क्रममा जुत्ताको सोलभित्र लुकाइएको अवस्थामा ब्राउन सुगर फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगर–५ का २४ वर्षीय सुशान्त खड्कालाई पक्राउ गरेको छ । उनी पार्सल विमानस्थल पुर्याउन पुगेका थिए ।
प्रारम्भिक अनुसन्धानअनुसार उक्त पार्सल विराटनगरका राघव झाले काठमाडौं पठाउन लगाएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको खोजी जारी छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया 4