२७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी सभापतिमा ६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
बुधबार बिहानदेखि मोरङस्थित विराटचोकमा भइरहेको अधिवेशनमा सात जनाले उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारी दर्ता गरेका नारायण घिमिरेले आफ्नो नाम फिर्ता लिएका छन् । सभापति पदका लागि सरिन तामाङ, चन्द्र राई, चन्द्रकुमार गौली, पीताम्बर तिम्सिना, पारसमणि गेलाल र खगेन्द्र कटुवाल बीचमा प्रतिस्पर्धा हुने भएको छ ।
पार्टी विधान अनुसार सभापति जित्नका लागि ५० प्रतिशत मत कटाउनु पर्दछ । ५० प्रतिशत मत कुनै उम्मेदवारले ल्याउन नसके पहिलो र दोस्रो स्थानको मत ल्याउने दुई उम्मेदवार वीचमा दोस्रो चरणमा मतदान हुने व्यवस्था छ । साथै, मतदान पनि दुई चरणमा हुने व्यवस्था छ । पहिलो चरणमा सभापति र सदस्यहरुका लागि मतदान हुनेछ भने दोस्रो चरणमा सभापति बाहेकका पदाधिकारीका लागि मतदान गर्ने विधानको व्यवस्था छ ।
रास्वपाको विधान अनुसार कोशीको प्रदेश समिति ६१ सदस्यीय हुनेछ ।
प्रतिक्रिया 4