१५ भदौ, सुर्खेत । कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरूले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि २ लाख २५ हजार सहयोग गरेका छन्।
सांसदहरूबाट सहयोगस्वरूप प्राप्त उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरूले रकम संकलन गरी कोषमा जम्मा गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4