+
+
Shares

ह्वीप जारी गरेर पारित भयो कोशीको बजेट

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पारित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २४ गते १३:४४

२४ असार, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पारित भएको छ । बुधबारको प्रदेशसा बैठकबाट आर्थिक वर्ष २०८३र८४ को बजेट पारित भएको हो । बजेट पारित गर्नका लागि सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस संसदीय दलले आफ्ना सांसदका लागि पक्षमा मतदान गर्न ह्वीप जारी गरेका थिए ।

गत असार १ गते सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर, सत्तापक्ष एमाले(कांग्रेसकै सांसदहरूले मन्त्रीका जिल्ला र क्षेत्रमा मात्र बजेट थुपारेको विरोध गरो भन्दै विरोध गरेका थिए ।

विरोधका कारण बजेटमाथिको छलफलसमेत प्रभावित भएको थियो । सत्तारुढ दलभित्र बजेट पारित गरेर मन्त्रिपरिषद्‌बाट सांसदको योजनालाई सम्बोधन गर्ने सहमति भएपछि बजेटमाथि छलफद अघि बढेको थियो । बुधबार बजेट संसोधनका लागि नेकपा सांसदले दर्ता गरेको खर्च कटौतीको प्रस्ताव भने फेल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?