+
+
Shares

धनकुटामा ट्रक दुर्घटना, चालक र सहचालक घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते ११:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटाको मूलघाटस्थित कोशी लोकमार्गमा केमिकल बोकेको ट्रक अनियन्त्रित भई करिब ५० फिट तल खस्दा चालक र सहचालक घाइते भएका छन्।
  • दुर्घटनामा सुनसरी इटहरीका २५ वर्षीय अभिषेक चौधरी र मोरङ सुन्दरहरैँचाका १८ वर्षीय राहुल चौधरी घाइते भई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका छन्।
  • अविरल वर्षाले ट्रक निकाल्न समस्या भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

१३ कात्तिक, धनकुटा । धनकुटाको मूलघाटमा ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।

धनकुटा नगरपालिका–९ मुलघाटस्थित कोशी लोकमार्गमा शुक्रबार बिहान करिब ट्रक दुर्घटना भएको हो।

इटहरीबाट संखुवासभातर्फ हाइड्रोपावरमा प्रयोग हुने रासायनिक पदार्थ (केमिकल) बोकेर जाँदै गरेको प्रदेश १–०२–००२ ख ०५९० नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए ।

दुर्घटनामा ट्रक चालक सुनसरीको इटहरी उपमहानगरपालिका–८ का २५ वर्षीय अभिषेक चौधरी र सहचालक मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का १८ वर्षीय राहुल चौधरी घाइते भएका छन् ।

घाइते दुवैलाई उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।

चालक चौधरीको अवस्था मध्यम र सहचालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेको र निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण ट्रक निकाल्न समस्या भइरहेको र ट्रकसँग सम्बन्धित व्यक्तिहरू आउँदै गरेको प्रहरी उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको रञ्जितकारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?