+
+
Shares

कान्ती लोकपथमा भिरबाट १०० मिटर मुनि खस्यो ट्रक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते ११:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरको गढी गाउँपालिका-१ लेनडाँडामा ब्रेकफेल भएको ट्रक सडकबाट १०० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
  • रौतहटको चन्द्रपुरबाट महादेवटारतर्फ ह्युमपाइप बोकेर आएको ना १ क ८५३६ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।
  • चालक चन्द्रपुर नगरपालिका-६ का ३६ वर्षीय धनबहादुर बिकले हामफालेर ज्यान बचाएका छन् र उनी सकुशल रहेको प्रहरीले जनाएको छ ।

४ भदौ, काठमाडौं । कान्ती लोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरको गढी गाउँपालिका-१ लेनडाँडामा घुम्तिमा मालबाहक ट्रक दुर्घटनामा परेको छ ।

रौतहटको चन्द्रपुरबाट तराई मधेश दुर्तमार्ग अन्तर्गत महादेवटारका लागि ह्युमपाइप बोकेर आउँदै गरेको ना १ क ८५३६ नम्बरको ट्रक ब्रेकफेल भई सडकबाट १०० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चालक रौतहटको चन्द्रपुर नगरपालिका-६ का ३६ वर्षीय धनबहादुर बिकले भने हामफालेर ज्यान बचाएका छन् । उनी सकुशल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको ट्रक भने दुर्घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?