७ चैत, बैतडी । बैतडीमा ट्रक दुर्घटना हुदा चार जना घाइते भएका छन् ।
जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका वडा न ८ ज्याफुमा नेपालगन्जबाट बझाङ जाँदै गरेको सु प्र प ०१ ००१ ख २८०९ नम्बरको ट्रक आज बिहान करिब २ बजेको समयमा दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।
घाइते हुनेमा बैतडीको पाटन नगरपालिका-८ का २५ वर्षीया निर्मला बिष्ट र उनका दुई छोरा वर्ष ७ का अभिषेक र ४ वर्षका प्रीन्स बिष्ट तथा ट्रक चालक पाटन-८ कै ३६ वर्षीय कृष्ण बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
घाइते चारै जनालाई उपचारको लागि धनगढी लगिएको प्रहरीले जनाएको छ । सिमेन्ट बोकेको ट्रक अनियन्त्रित भइ दुर्घटना भएको बुझिएको छ । ट्रक करिब २५ मिटर तल खसेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4