
२७ असोज, काठमाडौं । धनकुटामा ट्रक दुर्घटना भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।
धनकुटाबाट मुलघाटतर्फ आउँदै गरेको प्र.३-०१-००३क ६९०६ नम्बरको मिनि ट्रक आइतबार राति २ बजे धनकुटा नगरपालिका- ९ पाँच गोलाईमा दुर्घटना भएको हो ।
ट्रकका चालक उदयपुरको उदयपुरगढी गाउँपालिका-५ बस्ने २६ वर्षीय नारायण खड्का र सहचालक उदयपुरकै रानीटारका २० वर्षीय दिनेश कार्की घाइते भएका छन् । उनीहरु दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
ट्रक सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएकाहरूला सशस्ब प्रहरी बलको विपद् व्यवस्थापन बेश मुलघाटबाट खटिएको टोली र प्रहरीको टोलीले उद्धार गरेको थियो । उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4