५ चैत, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–५ हँसरास्थित भित्री कच्ची सडकमा आज बिहान ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
बुर्तिबाङबाट बुटवलतर्फ जाँदै गरेको लु२ख ५३७३ नम्बरको पेप्सी-कोकाकोला बोकेको ट्रक ब्याक गर्ने क्रममा दुर्घटना भएको हो ।
सो क्रममा चालक रुपन्देही बुटवल उपमहानगरपालिका–११ जयकुटीका ३४ वर्षीय केशव ज्ञवाली घाइते भएका छन् । उनको बायाँ खुट्टा र बायाँ आँखा माथि चोट लागेको छ। ट्रकमा सवार रुपन्देही तिलोत्तमा नगरपालिका-१ शंकरनगरका ३१ वर्षीय यादव ज्ञवालीको पनि नाक, दायाँ हात र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
दुवै घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र जोहाङ गुल्मी पठाइएको छ । उनीहरूको अवस्था सामान्य रहेको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी नायब निरीक्षक नरेन्द्र वि.क.को कमाण्डमा खटिएको टोलीले उनीहरुको उद्धार गरेको हो ।
प्रतिक्रिया 4