+
+
Shares

इरानी तेलमा अमेरिकाले लगाएको प्रतिबन्ध अस्थायी रूपमा खुला

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ७ गते ८:५३

७ चैत, काठमाडौं । अमेरिकी वित्त विभागले इरानी तेलमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाएको छ ।

यो तेल अहिले समुद्रमा छ । जसलाई बढीभन्दा बढी देशहरूलाई बिक्री गर्न अनुमति दिइएको छ ।

अमेरिकाले वैश्विक बजारमा तेलको मूल्य कम राख्न उक्त कदम चालेको बीबीसीले जनाएको छ ।

अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले एक्समार्फत् यो अल्पकालिक अनुमतिले झण्डै १४ करोड ब्यारेल तेल वैश्विक बजारमा आउन सक्ने जनाएका छन् ।

बेसेन्टले इरानलाई यो बिक्रीबाट हुने कुनै पनि वित्तीय लाभसम्म पुग्न अप्ठ्यारो हुने पनि उनको भनाइ छ ।

‘यो अनुमति कडाईका साथ केवल त्यो तेलसम्म सीमित छ, जुन पहिले नै बाटोमा छ । अनुमति नयाँ खरिद वा उत्पादनका लागि दिइएको होइन, उनले भनेका छन्, ‘हामी तेलको मूल्य कम राख्नका लागि इरानको ब्यारेलको प्रयोग उसकै विरूद्ध गर्नेछौं ।’

युद्ध सुरू भएपछि मध्य पूर्वमा ऊर्जा संरचनामा इरानी हमला पछि तेल र ग्यासको मूल्यवृद्धि तीब्र भएको छ ।

अहिले ब्रेन्ट क्रुड आयलको मूल्य झण्डै ११२ डलर प्रति ब्यारेल पुगेको छ । जुन शुक्रबार ३ प्रतिशत र पछिल्लो एक वर्षमा ५३ प्रतिशतले मूल्यवृद्धि हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?