+
+
Shares

सिरहामा मोटरसाइकल मर्मतको भुक्तानीको विषयमा २ समूहबीच झडप, ६ जना घाइते

सुरेश राय सुरेश राय
२०८२ चैत ७ गते ११:५९

७ चैत, सिरहा । सिरहा नगरपालिका–१२ सारसर क्षेत्रमा मोटरसाइकल मर्मत गरेको पैसा नतिरेको विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको छ ।

झडपमा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घटना ६ चैत अपराह्न करिब ४ : ५० बजेको हो ।

स्थानीय सलमान मियाँ र हासिम दफाली पक्षबीच विवाद चर्किएपछि घटनाले ठूलो रुप लिएको प्रहरीले जनाएको छ ।

घटना भएको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक गजेन्द्र नारायण रायको कमाण्डमा टोली खटिएर अवस्था नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कुटपिटमा परी सलमान पक्षका ४ जना घाइते भएका छन् भने हासिम पक्षका दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जान्कारी दिए ।

सलमानपक्षका घाइते हुनेमा अन्दाजी ४० वर्षीया भुटनी खातुन (टाउको र दाहिने हातमा मध्यम चोट), ३५ वर्षीय रहमद दफाली (टाउको र दाहिने हातमा चोट), ५८ वर्षीय इरफान मियाँ (टाउको, दाहिने हात र गर्दनमा मध्यम चोट) र २६ वर्षीय लालबाबु मियाँ (टाउको र दाहिने हातमा चोट) रहेका छन् ।

हासिम पक्षका घाइते हुनेमा १९ वर्षीय अरमान हुसेन (टाउकोमा मध्यम चोट) र आरिफ दफाली (बायाँ हातमा  चोट) रहेको डीएसपी रमेशबहादुरले बताए ।

घाइतेमध्ये भुटी खातुनलाई थप उपचारका लागि विराटनगर पठाइएको छ । अन्य घाइते सबैलाई प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको छ ।

प्रहरीले घटनामा संलग्न  व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?