+
+
Shares

सिरहामा वडाध्यक्षसहित तीन जना कुटिए, पैसा बाँड्न हिंडेको आरोप

सुरेश राय सुरेश राय
२०८२ फागुन २१ गते ०:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको गोलबजार नगरपालिका–११ का अध्यक्ष सोहेव अनवरमाथि २० फागुनमा ५–७ जनाको समूहले लाठी–फट्टाले कुटपिट गरेको छ।
  • घटनामा अध्यक्ष अनवरसहित दुई जना घाइते भएका छन् र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
  • कुटपिटमा संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

२० फागुन, सिरहा । सिरहाको गोलबजार नगरपालिका–११ का अध्यक्ष सोहेव अनवरमाथि कुटपिट भएको छ ।

घटनामा अध्यक्ष अनवरसहित स्थानीय २६ वर्षीय अमार खान र ४५ वर्षीय नसिरुल खान घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीले जानकारी दिए ।

अध्यक्ष अनवरले पुरानै रिसइबीका कारण बाटोमा एक्लै देखेपछि ५–७ जनाको समूहले लाठी–फट्टाले आक्रमण गरेको दाबी गरेका छन् ।

हाल मुस्लिम समुदायको रमजान पर्व चलिरहेकाले आफन्तको निमन्त्रणामा पनि सहभागी हुन जाने क्रममा आक्रमण भएको उनको भनाइ छ ।

नेपाली काग्रेसका कार्यकर्ताबाट आफू कुटिएको उनले गुनासो गरे ।

उता कुटपिटमा सलंग्नले भने पैसा बाँड्दै हिडेको भेटिएको आरोप लगाएका छन् । तर वडाध्यक्ष अनवरले भने आफू खाना खान हिँडेको जिकिर गरे ।

अध्यक्ष अनवरले भदौ ‘जेनजी आन्दोलन’का क्रममा आफ्नो वडा कार्यालय नजलेको तर भदौ २५ गते सोही समुहका केही व्यक्तिले आगजनी गरेपछि आफूले मुद्दा दायर गराएको बताए । सोही घटनामा आफूमाथि आक्रमण भएको हुनसक्ने उनको भनाइ छ ।

घाइते भएका तीनै जनाको टाउको, घाँटी, नाक, कान र मुखमा चोट लागेको तथा टाउको फुटेको प्रहरीले जनाएको छ।

उनीहरूको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

कुटपिटमा संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?