+
+
Shares

वर्षाका कारण दाउन्ने सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

दाउन्ने खण्डमा सडक ढलानको काम भैरहेकाले सामान्य वर्षामा पनि सडक चिप्लो भएर सवारी आवागमन अवरुद्ध हुँदै आएको छ ।

धनु भुसाल धनु भुसाल
२०८२ चैत ७ गते १२:०९

७ चैत, नवलपरासी पूर्व । वर्षाको कारण नवलपरासी पूर्वको दाउन्ने सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

भारी वर्षाका कारण विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने बजारस्थित ६४ मोडमा सडक मर्मत भैरहेको स्थानमा सडक हिलो र चिप्लो हुँदा राजमार्ग अवरुद्ध भएको हो ।

शुक्रबारदेखि सवारी आवागमन प्रभावित भएको दाउन्ने खण्डमा आज बिहानदेखि परेको वर्षाका कारण राजमार्ग  दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

रातको समयमा मालवाहक सवारी चलाउन रोक

नारायणघाट–बुटवल सडक खण्डमा रातिको समयमा ठूदा मालवाहक सवारी चलाउनल रोक लगाइएको छ ।

नारायणघाट-बुटवल सडक योजनाले सूचना जारी गर्दै शुक्रबारदेखि ८ गतेसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीवास-दाउन्ने-बर्दघाट खण्डमा ठूला मालवाहक सवारी रोक्ने जनाएको हो ।

कार्यालयका अनुसार ठूला मालवाहक सवारी साधनलाई बर्दघाटतर्फ त्रिवेणी चोक र दुम्किबास बजार क्षेत्रमा रोकिने व्यवस्था गरिएको छ ।

यात्रुवाहक तथा आकस्मिक सेवाका सवारी साधनलाई भने प्राथमिकताका आधारमा सञ्चालन गर्न दिइने जनाइएको छ ।

सडक विस्तार र मर्मतको काम चलिरहेको दाउन्ने सडक खण्डमा वर्षाका कारण सडक चिल्लो भई ठूला मालवाहक सवारी साधन चिप्लिने तथा अड्किने समस्या देखिएपछि यस्तो निर्णय गरिएको योजनाले जनाएको छ ।

दाउन्ने सडकखण्ड अवरुद्ध भएपछि पश्चिमबाट आउने सवारी साधन सिद्धार्थ राजमार्गतर्फ डाइभर्ट गरिएको थियो । आज उक्त राजमार्ग पनि सिद्धबाबा क्षेत्रमा पहिरो गएपछि अवरुद्ध भएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?