+
+
Shares

टिकटकबाट ठगी गरेको आरोपमा स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
२०८२ चैत ७ गते ११:३२

७ चैत, स्याङ्जा । सामाजिक सञ्जाल प्रयोग गरी अनलाइन ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले ठगीमा संलग्न रहेको आरोपमा स्याङ्जाका एक युवकलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार टिकटकमार्फत चिनजान गरी ह्वाट्सएपमा कुराकानी गर्दै महिलाहरूलाई लक्षित गरी ठगी गरेको आरोपमा विशाल थापा क्षेत्री नाम बताउने भेषराज वाग्लेलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका ३४ वर्षीय वाग्ले स्याङ्जाको बिरुवा गाउँपालिका–२ का ३४ वर्षीय रहेको प्रहरीले जनाएको छ । उनलाई चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

आरोपितले आफू अमेरिकन आर्मीमा कार्यरत रहेको भन्दै विभिन्न बहाना बनाउने, नेपालमा बिदामा आएको र जग्गाको कर तिर्न समस्या परेको हुँदा रकम आवश्यक रहेको भन्दै ठगी गरेको प्रहरीको भनाइ छ ।

यस्तै, आफ्नो बैंक खातामा ‘लिमिट’ लागेको भन्दै विभिन्न व्यक्तिसँग रकम माग गरी ठगी गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

प्रहरीले सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिसँग आर्थिक कारोबार नगर्न तथा कुनै प्रलोभनमा नपर्न सर्वसाधारणलाई सचेत रहन आग्रहसमेत गरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?