+
+
Shares

अनलाइन ठगी बढेपछि चलचित्रकर्मीलाई बोर्डको आग्रह : बलियो पासवर्ड राख्नू

विज्ञप्ति जारी गर्दै बोर्डले चलचित्रकर्मीलाई आफ्ना सामाजिक सञ्जालका खातामा बलियो पासवर्ड र ‘टू फ्याक्टर अथेन्टिकेसन’ अनिवार्यरुपमा प्रयोग गर्न सुझाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १२ गते १९:०९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डले कलाकार तथा चलचित्रकर्मीको नाम र फोटो दुरुपयोग गरी अनलाइन ठगी बढेकाले सजग हुन आग्रह गरेको छ।
  • बोर्डले सामाजिक सञ्जालमा बलियो पासवर्ड र ‘टू फ्याक्टर अथेन्टिकेसन’ अनिवार्य प्रयोग गर्न सुझाएको छ।
  • प्रहरीको साइबर ब्यूरोले पनि कलाकारको नाममा पैसा माग्दा पुष्टि नगरी रकम नपठाउन सचेत गराएको छ।

काठमाडौं । कलाकार तथा चलचित्रकर्मीको फोटो र नाम दुरुपयोग गरेर अनलाइन ठगीका घटना हुन थालेपछि चलचित्र विकास बोर्डले सजग हुन आग्रह गरेको छ ।

शनिबार विज्ञप्ति जारी गर्दै बोर्डले चलचित्रकर्मीलाई आफ्ना सामाजिक सञ्जालका खातामा बलियो पासवर्ड र ‘टू फ्याक्टर अथेन्टिकेसन’ अनिवार्यरुपमा प्रयोग गर्न सुझाएको छ ।

कसैले कलाकार वा चलचित्रकर्मीको नाममा पैसा मागेमा, वास्तविक व्यक्ति हो भनी पुष्टि नगरी कुनै पनि रकम नपठाउन समेत भनेको छ ।

पछिल्लो समय फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्स एप लगायतका सामाजिक सञ्जालमा कलाकार तथा चलचित्रकर्मीको तस्वीर प्रयोग गरि नक्कली आइडी बनाउने, वास्तविक आइडी ह्याक गर्ने, साथीभाइ र शुभचिन्तकसँग पैसा माग्ने ठगीका घटना बढिरहेको तर्फ बोर्डले सचेत समेत गराएको छ ।

पछिल्ला केही सातायता चर्चित फिल्म र संगीत क्षेत्रका कलाकारको नाम र फोटो दुरुपयोग गरि अनलाइन ठगीका घटना बढेका छन् । प्रहरीको साइबर ब्यूरोले समेत यसतर्फ सचेत हुन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?