News Summary
Generated by OK AI. Editorially reviewed.- कलाकार दयाहाङ राई, अनमोल केसी, धीरज मगर, केकी अधिकारी, स्वस्तिमा खड्का र जोन राईले नाम दुरुपयोग गरी पैसा माग्ने ठगीबारे प्रशंसकलाई सजग रहन आग्रह गरेका छन्।
- अनमोल केसीले सामाजिक सञ्जालमार्फत आफूले कसैलाई पैसा मागेको नभएको र त्यस्ता मेसेजलाई बेवास्ता र ब्लक गर्न अपिल गरेका छन्।
- साइबर ब्युरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले अनलाइन ठगीबाट बच्न सचेतना आवश्यक रहेको र घटनाको अनुसन्धान प्रक्रिया अघि बढाइने बताएका छन्।
काठमाडौं । कलाकारको फोटो र नाम दुरुपयोग गरेर ह्वाट्स एप र भाइबरमा पैसा माग्दै ठगी गर्ने कार्य बढेको छ ।
दयाहाङ राई, अनमोल केसी, धीरज मगर, केकी अधिकारी, स्वस्तिमा खड्कासहित जोन राईसम्मका संगीतकर्मीले यस्तो ठगी कार्यको स्क्रिन सट्सहित प्रशंसकलाई सजग रहन आग्रह गरेका छन् ।
अनमोलले शुक्रबार राती सामाजिक सञ्जालमार्फत पोस्ट गर्दै आफूलै कसैलाई फोन र मेसेज गरेर पैसा नमागेको बताउँदै यस्तो कार्यबाट सजग रहन अपिल गरेका छन् ।
उनले त्यसरी आउने मेसेजलाई बेवास्ता र ब्लक गर्न आग्रह गरेका छन् । अनमोलले त्यसरी पैसा पठाइएका स्क्रिनसट पनि सेयर गरेका छन् ।
दयाहाङले पनि सबैलाई साबधान रहन आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘सबै साथीहरू इष्टमित्रहरू साबधान रहनुहोला । मेरो नाम गरेर पैसा मागिरहेको रहेछ । त्यो सत्य होइन, स्क्याम हो है ।’

केही दिनअघि धीरज मगर, आकाश श्रेष्ठ, केकी अधिकारी, स्वस्तिमा खड्कासहितका कलाकारको फोटो र नाम दुरुपयोग गरेर पैसा मागिएको ठगीका घटना बाहिर आइसकेका छन् ।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले अनलाइन ठगीबाट बच्न सचेतना प्रमुख उपाय रहेको बताएका छन् । ब्युरोले यस्ता घटनालाई पछ्याएको र निवेदन परेपछि अनुसन्धान प्रक्रिया अघि बढाउने उनले बताए ।
‘आम सर्वसाधारण समयमै सचेत हुनु अनिवार्य छ’ अवस्थीले बताएका छन् ।
प्रतिक्रिया 4