१२ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य अभिषेकराज सिंहले जेनजी आन्दोलनपछिको परिस्थितिबाट स्थापित एजेन्डा पूरा हुनका लागि वैकल्पिक शक्ति मिल्नुपर्ने बताएका छन् ।
पार्टीको केन्द्रीय समिति बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
‘जेनजी आन्दोलनपछि अहिलेको परिस्थिति जन्मिएको हो । हामीलाई सुशासन र पुस्तान्तरणको म्यान्डेट छ,’ सिंहले भने, ‘त्यसको एजेन्डा कायम गर्न वैकल्पिक शक्ति नमिलि यी एजेन्डा पूरा गर्न सक्दैनौं । यो एजेन्डा पूरा गर्नका लागि पनि हामी नमिलि हुँदैन ।’
यद्यपि पार्टीले सहअस्तिस्व समाप्त हुनेगरी कुनै पनि दलसँग एकीकरणको प्रक्रिया अघि बढाउन नसकिने निष्कर्ष निकालेको छ ।
पार्टीले रास्वपाले अघि सारेको प्रस्तावमा थप गृहकार्य आवश्यक रहेको उनले बताए । जसको जिम्मेवारी पार्टी अध्यक्षलाई दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4