+
+
Shares

देवता र राक्षसको कथामा ‘कल्ली’ को रोचक टिजर सार्वजनिक

मानिसभित्र देवता र राक्षस दुवै प्रवृत्ति विद्यमान हुने दार्शनिक तथ्यको कथावस्तुमा फिल्म बनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १२ गते १८:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मल्टिस्टारर फिल्म ‘कल्ली’ को टिजर युट्युबमा सार्वजनिक भएको छ र फिल्म १ फागुनदेखि प्रदर्शन तयारीमा छ।
  • फिल्मले मानिसभित्रको देवता र राक्षस प्रवृत्तिबीचको द्वन्द्वलाई कथावस्तु बनाएको छ।
  • लक्ष्मण सुनार निर्देशित फिल्ममा सौगात मल्ल, बेनिशा हमाल लगायत कलाकारको अभिनय छ।

काठमाडौं । मल्टिस्टारर फिल्म ‘कल्ली’ को टिजर युट्युबमा सार्वजनिक भएको छ । निर्माताले शनिबार फिल्मको रोचक टिजर ल्याएका हुन् ।

टिजरले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ । मानिसभित्र देवता र राक्षस दुवै प्रवृत्ति विद्यमान हुने दार्शनिक तथ्यको कथावस्तुमा फिल्म बनेको छ ।

मनभित्र हुने देवताले परिश्रम, मिहिनेत र इमानको भाव बोक्छ भने राक्षसले लोभ, लालच र मोहको भाव बोक्छ । मानिसले आफ्नो मन भित्रको देवतालाई मारेर राक्षसलाई निम्त्याएपछि उत्पन्न हुने परिस्थितीको कथालाई यो फिल्मले प्रस्तुत गरेको छ ।

फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । उनी निर्देशित अघिल्लो फिल्म ‘बुलाकी’ र लिखित फिल्म ‘टुल्की’ ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेका थिए ।

अघिल्ला फिल्ममा सामाजिक कथावस्तुमा फिल्म भनेका सुनारले यसपटक भने मानवीय प्रवृत्ति र संवेदनालाई फिल्ममा चित्रण गरेको हुनसक्ने अपेक्षा छ ।

पटकथा महेश दवाडीले लेखेका हुन् । फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोग राणा, गीता अधिकारी, कुलबहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरको अभिनय छ ।

उपेश ढकाल, मञ्जिला बानियाँ र समर्पण खतिवडा बालकलाकारको रुपमा छन् । परीक्षा लिम्बुलाई पनि टिजरमा संक्षिप्त स्थान दिइएको छ ।

निसाल पौडेलको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ । आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत रहेको फिल्ममा एनबी महर्जनको एक्सन कोरियोग्राफी छ ।

फिल्मलाई किरण नेपालीले निर्माण गरेका हुन् । सुरज आचार्य निर्माण प्रमुख हुन् । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको व्यारनमा यो फिल्म निर्माण भएको हो ।

‘कल्ली’ १ फागुनदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?