
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘कल्ली’ १ फागुनमा नेपाल, भारत र पाकिस्तानका हलमा एकसाथ रिलिज हुनेछ।
- निर्माताले बताए, फिल्म नेपाली र हिन्दी भाषामा प्रदर्शन हुनेछ र वितरणकर्ता विभिन्न देशका छन्।
- फिल्मको पोष्ट प्रोडक्सन कार्य जारी रहेको छ र मुख्य कलाकारहरू सौगात मल्ल, उत्तम प्रधान, बेनिशा हमाल आदि हुन्।
काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘कल्ली’ नेपालसहित दुई सार्क मुलुक भारत र पाकिस्तानमा समेत एकसाथ रिलिज हुने भएको छ ।
निर्माताद्वारा प्रेषित विवरणमा जनाइएअनुसार १ फागुनमा यो फिल्म तीन छिमेकी मुलुकका हलमा एकसाथ प्रदर्शनमा आउने भएको हो । यसअघि २०७९ सालमा प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’ भारत र पाकिस्तानमा रिलिज भएको थियो ।
यो फिल्म तीनै मुलुकमा नेपाली र हिन्दी भाषामा प्रदर्शनमा आउने निर्माता किरण नेपालीले जनाए । भारत र पाकिस्तानमा भने हिन्दी भाषामा आउनेछ ।
भारतमा एमके फिल्म डिस्ट्रिब्यूटर र पाकिस्तानमा हिप्पो फिल्मस्ले वितरण गर्ने जनाइएको छ । नेपालमा भने काफिया र कुबेर फिल्मस्ले वितरण गर्नेछन् ।
लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको हाल धमाधम पोष्ट प्रोडक्सनको काम चलिरहेको छ । लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा महेश दवाडीको लेखन छ ।
फिल्ममा सौगात मल्ल, उत्तम प्रधान, बेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा, वर्षा राउत, सुलक्षण भारतीको अभिनय छ । लोभ पलाएपछि मानिसको जिन्दगी कहाँबाट कहाँ पुग्छ भन्ने कथामा यो फिल्म बनेको निर्माणपक्षले बताएको छ ।
प्रतिक्रिया 4