News Summary
Generated by OK AI. Editorially reviewed.- मध्य अफ्रिकी गणतन्त्रको पश्चिमी क्षेत्रमा क्यामरुन सिमाना नजिकको सुन खानीमा पहिरो जाँदा १०७ शव फेला परेको छ ।
- स्थानीय अधिकारीका अनुसार मंगलबार दिउँसो भएको घटनापछि राहत र उद्धार अभियान चलिरहेको छ ।
- अधिकारीहरूले पहिरोमा पुरिएर मर्नेको संख्या अझ बढ्न सक्ने आशंका गरेका छन् ।
४ भदौ, काठमाडौं । मध्य अफ्रिकी गणतन्त्र (सीएआर) को पश्चिमी क्षेत्रमा अवस्थित सुन खानीमा पहिरो जाँदा १०० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।
क्यामरुनको सिमाना नजिकै रहेको सुन खानीमा गएको पहिरोमा १०० भन्दा बढी मानिसको मृत्यु भएको हो ।
बीबीसीले स्थानीय एक अधिकारीको हवाला दिँदै घटनाको पुष्टि गरेको छ । बीबीसीका अनुसार घटनापछि सार्वजनिक भएको भिडियोमा खानीको एउटा भाग मानिसहरू माथि खस्दै गरेको देखिन्छ ।
भिडियोमा केही मानिसहरू ज्यान जोगाउन दौडी रहेका पनि देखिएको समाचारमा उल्लेख छ ।
क्यामरुनको सीमासँग जोडिएको सहर गरुआ–बुलाईका मेयर अदमो अब्दोनले बीबीसीलाई मंगलबार दिउँसो घटना भएको जानकारी दिएका छन् ।
घटनापछि राहत र उद्धार अभियान चलिरहेको छ । अधिकारीहरूले पहिरोमा पुरिएर मर्नेको संख्या बढ्न सक्ने आशंका गरेका छन् । मेयर अब्दोनले अहिलेसम्म १०७ शव फेला परेको बताएका छन् ।
प्रतिक्रिया 4