News Summary
Generated by OK AI. Editorially reviewed.- दाङको घोराही-७ बेसाहीमा ट्याक्टर र अटो ठोक्किँदा घाइते भएका अटो चालक ४५ वर्षीय विनोद पौडेलको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ।
- बुधबार राति ८ बजे सौडियारबाट सर्रातर्फ जाँदै गरेको ट्याक्टर र बसन्तपुरतर्फ गइरहेको अटो एकआपसमा ठोक्किएका थिए।
- दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् भने ट्याक्टर चालक २३ वर्षीय हिमाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
४ भदौ, काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-७ स्थित बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
बुधबार राति ८ सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा अटोमा सवार तीन जना घाइतेमध्ये अटो चालक घोराही उपमहानगरपालिकाप-५ बसन्तपुरका ४५ वर्षीय विनोद पौडेलको उपचारका क्रममा आज बिहान बाँकेको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्य दुई जना घाइतेको अवस्था मध्यम रहेको छ ।
ट्याक्टर र ट्याक्टर चालक घोराही उपमहानगरपालिका-१७ भैसाहीका २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4