+
+
Shares

सर्लाहीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते ९:४५

१८ साउन, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–४ गणेशचोकस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा सोमबार बिहान ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा हरिपुर नगरपालिका–५ लक्षीपुर निवासी पञ्चलाल चौधरी रहेका छन्। उनी कामका लागि साइकलमा हरिपुरबाट हरिवनतर्फ आउँदै गरेका बेला सोही दिशाबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले बताए।

उनका अनुसार मधेश प्रदेश ०३–००२ ख ११९४ नम्बरको ट्रक ठक्कर दिएपछि पश्चिमतर्फ फरार भएको थियो। घटनापछि ट्रकको खोजीका लागि इलाका प्रहरी कार्यालय कर्मैयालाई सूचना दिइएको र खोजतलासका क्रममा बिहान करिब ७ः३० बजे ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

प्रहरीले बारा जिल्लाको कोल्बी नगरपालिका–१६ निवासी २५ वर्षीय नरबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय हरिवनमा राखेको जनाएको छ।

दुर्घटनामा संलग्न साइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक चौधरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?