Comments Add Comment

दूध पोख्नेको प्रहरीमा बयान-भाइरल हुन पोखेँ, उल्टै गाली खाएँ’

२१ भदौ, काठमाडौं । भक्तपुरको सूर्यविनायकमा गत साता सडकमा दूध पोख्ने डेरी सञ्चालक एक रात हिरासतमा बसेर छुटेका छन् ।

शुक्रबार पक्राउ परेका रानीकोट डेरीका सञ्चालक मनोज श्रेष्ठ अबदेखि यस्तो नगर्ने कागज गरेर शनिबार छुटेको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।

किसानको दूध नबिकेपछि प्रतिकात्मक रुपमा भाइरल हुन दूध पोखेको तर सामाजिक सञ्जालबाट राम्रो प्रतिक्रिया नपाएको बयान श्रेष्ठले प्रहरीसमक्ष दिएका थिए । उनले भाइरल हुन खोज्दा गाली र सस्ती भोग्नुपरेको बताए ।

‘दूध पोखेर आफूले एकातर्फ सामाजिक सञ्जालमा गाली खाएको र अर्कोतर्फ दूध पनि नष्ट भएको भन्दै उनले माफी मागे,’ प्रहरी नायब उपरीक्षक जोशीले भने ।

अभावको बेला सडकमा दूध पोखेर निषेधाज्ञाको बिरोध गरेको तथा अत्यावश्यक वस्तु नष्ट गरेको भन्दै सामाजिक सञ्जालमा तीब्र बिरोध भएपछि जगाती प्रहरीले उनलाई प्रक्राउ गरेको थियो ।

निषेधाज्ञाले दूध बिक्री कम भएको भएपनि ठप्प भएकै कारणले दूध नपोखेको श्रेष्ठले प्रहरीलाई बताएका थिए ।

भदौ १३ गते शनिबार सूर्यविनायकमा रहेको रानीकोट डेरीले २२० लिटर दूध सडकमा पोखेको थियो । सडकमा दूध पोखिएको भन्दै डेरी सञ्चालकको चर्को बिरोध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment