+
एनपीएल :

जनकपुरका आइकोनिक प्लेयर राहुल र स्पीनरहरू चम्किँदा काठमान्डु ११५ रनमा अलआउट

२०८३ कात्तिक  १२ गते १४:१३ २०८३ कात्तिक १२ गते १४:१३

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको काठमान्डु १९ ओभर ३ बलमा ११५ रनमा अलआउट भयो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगमा काठमान्डु गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध पहिलो खेलमा १९ ओभर ३ बलमा ११५ रनमा अलआउट भयो।
  • जनकपुरका राहुल यादवले ४ ओभरमा ३१ रन खर्चिएर ४ विकेट लिँदै काठमान्डुलाई सस्तोमै समेटे।
  • काठमान्डुका भीम सार्कीले सर्वाधिक ३३ रन बनाए भने डेविड वार्नर पहिलो खेलमा अनुपस्थित रहे।

१२ कात्तिक, काठमाडौं । काठमान्डु गोर्खाज तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध ११५ रनमा समेटिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको काठमान्डु १९ ओभर ३ बलमा ११५ रनमा अलआउट भयो ।

काठमान्डुलाई सस्तोमै समेट्न बलिङमा जनकपुरका आइकोनिक प्लेयर राहुल यादवले उत्कृष्ट प्रदर्शन गरे । राहुलले ४ ओभरमा ३१ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए । उनले दुवै ओपनर साम र पटेलसहित कप्तान करण र आदिल आलमको विकेट लिए । सैफ हसनले २, मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले एकएक विकेट लिए ।

ब्याटिङमा काठमान्डुका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले २९ बलमा चार चौका प्रहार गरे । काठमान्डुले खेल भर नै ठूलो साझेदारी बनाउन सकेन । ६ रन जोड्दा ओपनर साम हिजलेटलाई गुमाएको काठमान्डुले १९ रन जोड्दा हरिशंकर शाहलाई गुमाउन पुग्यो । साम एक र हरिशंकर ९ रनमा पभेलियन फर्किए ।

त्यसपछि पनि काठमान्डुले लगातार विकेट गुमाउँदै गयो । रसिद खान १७, स्मित पटेल १३ सुमित महर्जन १०, कप्तान करण केसी ८, जहानदाद खान ५ रनमा आउट हुँदा मोहम्मद आदिल आलम पहिलो बलमै एनबीडब्लुको शिकार बने । रिपोन मोन्डल ९ रनमा आउट हुँदा शाहव आलम ४ रनमा अविजित रहे ।

काठमान्डुले टोलीमा अनुबन्ध गरेको डेविड वार्नर पहिलो खेलमा अनुपस्थित छन् । उनी आइतबार मात्रै नेपाल आउनेछन् । यो खेलमा काठमान्डुले अनुबन्धको अनाउन्स नगरेको रिपोन र जहानदादलाई मैदान उतारेको छ । जनकपुरमा पनि यसअघि पहिलो खेल खेलेका जिम्मी निशम बेन्चमा छन् ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय