+
+
Shares
एनपीएल :

जिमी निशम बेन्चमा, डेविड वार्नर आउनै बाँकी

चर्चित अष्ट्रेलियन खेलाडी डेविड वार्नर पहिलो खेलसम्म नेपाल आइपुगेका छैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १२:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमान्डु गोर्खाजविरुद्धको खेलमा जनकपुर बोल्ट्सका न्युजिल्यान्डी अलराउण्डर जिमी निशम व्यक्तिगत कारणले बेन्चमा रहेका छन् ।
  • जनकपुरले जिमी निशमको स्थानमा सैफ हसन र आदित्य महतोको स्थानमा अमर सिंह राउटेलालाई पहिलो रोजाईँमा उतारेको छ ।
  • पहिलो खेल खेल्दै गरेको काठमाडौं गोर्खाजको कप्तानी करण केसीले गरिरहेका छन्, भने डेविड वार्नर र विलि बोसिस्टो उपलब्ध छैनन् ।
  • काठमाडौंले हरिशंकर शाह र सुमित महर्जनलाई पहिलो रोजाईँमा राखेको छ, जबकि दयानन्द मन्डल र साहिल पटेललाई बाहिर राखिएको छ ।

१२ कात्तिक, काठमाडौं । जनकपुर बोल्ट्सबाटै खेलिरहेका न्युजिल्यान्डका अलराउण्डर जिमी निशम काठमान्डु गोर्खाजविरुद्धको खेलमा बेन्चमा रहेका छन् ।

कप्तान हर्मित सिंहले टसका क्रममा जिमी निशम व्यक्तिगत कारणले आज नखेलेको जानकारी दिए । उनको स्थानमा आज बंगलादेशी खेलाडी सैफ हसन पहिलो रोजाइमा खेल्दैछन् । जनकपुरको पहिलो रोजाइमा आज निशमसहित दुई परिवर्तन भएको छ । आदित्य महताको स्थानमा अमर सिंह राउटेला पहिलो रोजाइमा खेल्दैछन् ।

यस्तै पहिलो खेल खेल्न लागिरहेको काठमान्डु गोर्खाजको कप्तानी करण केसीले गर्दैछन् भने चर्चित अष्ट्रेलियन खेलाडी डेविड वार्नर पहिलो खेलसम्म नेपाल आइपुगेका छैनन् । अष्ट्रेलियन अलराउण्डर विलि बोसिस्टो पनि पहिलो खेलका लागि उपलब्ध छैनन् ।

अर्का अष्ट्रेलियन खेलाडी साम हिजलेट भने पहिलो रोजाइमा खेल्दैछन् । यस्तै अन्य विदेशी खेलाडीमा अमेरिका विकेटकिपर स्मित पटेल, बंगलादेशी बलर रिपोन मण्डल र पाकिस्तानी अलराउण्डर जहानदाद खान पहिलो रोजाइमा खेल्दैछन् ।

यस्तै काठमाडौंले अक्सनमा अनुबन्ध गरेका दयानन्द मन्डल र साहिल पटेलको स्थानमा काठमाडौंले हरिशंकर शाह र सुमित महर्जनलाई टिममा राख्दै पहिलो रोजाइमा खेलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?